देश

काठमाडौँ उपत्यकासहित पहाडी भू-भागमा सामान्य बदली

Patanjali Nepal
Sweet Mart Food

भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

पहाडी भू-भागका केही स्थानहरूमा भने मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नम्बर १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि शुक्रबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button