अर्थ

५ महीनाकै न्यून बिन्दुमा नेप्से, बजार किन निरन्तर ओरोलो गतिमा ?

Thrill Factory
Rungta Group

बुधवार नेप्से परिसूचक करीब ५ महीनायताकै न्यून विन्दूमा झरेको छ । यस दिन नेप्से ३१ दशमलव ७६ अंक घटेर २ हजार २७५ दशमलव ६८ विन्दुमा झरेको हो ।

पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव नै रहिरहेको छ । चर्को ब्यजदारले गर्दा लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । सोही कारण दिनहुँ बजार घट्दो क्रममा रहेको छ  । यद्धपि बजार लामो समयदेखि घटिरहेको छ ।

३ हजार २०० विन्दुसम्म पुगेको बजार २२६० को आसपासमा आएर फर्किएको थियो । सोही कारण पनि बजार अब फर्किनु पर्ने शेयर विश्लेषकहरु बताउँछन् । यतिबेला धेरै कम्पनीहरुको शेयरमूल्य सस्तिएको छ । सोही कारण पनि दीर्घकालिन अथवा अल्पकालिन लगानी गर्ने अवसर आएको हुन सक्छ ।

सोही कारण लगानीकर्ताले विवेकपूर्ण तरीकाले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button