No Image Headlineखबर फटाफटदेश

उपत्यकासहित पहाडी क्षेत्रमा बदली, केही ठाउँमा वर्षाको सम्भावना

Birgunj Metropolitan Notice

बिहान काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली रहेको छ। गयराति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो।

स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागका केही र तराईका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ।

राति प्रदेश १, मधेस, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button