अन्तराष्ट्रिय

पश्चिम युक्रेनमा बस, कार र ट्रक ठोकिदा १७ जनाको मृत्यु

पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ। एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन्।

आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए।

‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन्। अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ। मृतकको संख्या अझै बढी हुन सक्छ’ जेलेन्स्कीले भने।

मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै उनले घाइतेहरूको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button