खबर फटाफट

थप ३२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५०४ पीसीआर तथा १ हजार ५९० एन्टिजेन परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button