खबर फटाफटदेश

काठमाडौ उपत्यकामा वर्षा, देशभर कस्तो छ मौसम ?

स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले आज बिहान काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा पानी परिरहेको छ।

मौसम पुर्वानुमान महाशाखाकाअनुसार प्रदेश १ र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

भोलि सोमवार पनि बागमतीसहित प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहने छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।

मंगलबार र बुधबार पनि पानी पर्ने सम्भवना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button