No Image Headlineदेश

स्थानीय निर्वाचन : बिहान ८ बजेअघि र साँझ ७ बजेपछि प्रचार गर्न नपाइने

Thrill Factory
Rungta Group

बैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनमा विभिन्न पदका लागि मनोनयन गरेका डेढ लाख उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा जुटेका छन्।

वैशाख ११ र १२ गते उम्मेदवारि दर्ता गराएका करिब आठ हजार उम्मेदवारले मनोनयन फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारहरूले चुनावी अभियान तीव्र बनाइरहँदा आचारसंहिता पालनामा आयोगले सचेत गराएको छ।

चुनावी मैदानमा रहेका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन गरे उनीहरूको मनोनयन नै रद्द गर्न सक्ने अधिकार आयोगलाई छ।

आचार संहिता उल्लङ्घन गरेको कारणले एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने र उम्मेदवारी खारेज हुनेसम्मको व्यवस्था कानुनमा छ,ू आयोगका कानुनी सल्लाहकार गुरुप्रसाद वाग्लेले भने।

निर्वाचन आचारसंहिताले बिहान ८ बजे अघि र साँझ ७ बजेपछि प्रचारप्रसारका गतिविधि गर्न रोक लगाएको छ।

जुलुस, आमसभा, कोणसभा, बैठक भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने, स्थानीय तह निर्वाचनका लागि हालै संशोधित निर्वाचन आचारसंहिता २०७८ मा भनिएको छ।

आचारसंहिताले निर्वाचन प्रचारप्रसारका गतिविधिमा १८ वर्ष मुनिका बालबालिकाको प्रयोगलाई पनि निषेधित गरेको छ।

आयोगले निर्वाचनमा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने र अनलाइन, टेलिभिजन तथा सपिङ मलहरूमा उम्मेदवारका विज्ञापन राख्ने जस्ता भड्किला प्रचार प्रसारमा समेत बन्देज लगाएको छ।

निर्वाचन आचारसंहिता अनुसार निर्वाचन प्रचारप्रसारका लागि आमसभा वा भेला गर्न स्थानीय प्रशासनको अनुमति लिनुपर्ने व्यवस्था छ।

कुनै पनि दल वा उम्मेदवारले अर्को दलको भेला वा आमसभा बिथोल्न वा वाधा पुर्‍याउन र प्रतिस्पर्धी दलका विरुद्ध प्रचार गर्न नपाउने व्यवस्था निर्वाचन आचारसंहिताले गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button