खबर फटाफटप्रदेश

मधेश प्रदेशबाट साढे ७९ हजार परीक्षार्थीले एसईई दिने

Thrill Factory
Rungta Group

शुक्रबारबाट एसईईको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि हुनेछ ।

मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरका अनुसार यस पटक एसईईमा मधेश प्रदेशमा ७९ हजार ४०९ परीक्षार्थी रहेका छन् ।

शिक्षा विकास निर्देशानालयका अनुसार सप्तरीमा ९ हजार ३२, सिरहामा १० हजार ६३४, धनुषामा १३ हजार ६२८, महोत्तरीमा ८ हजार ७५८, सर्लाहीमा १० हजार ४२१, रौतहटमा ९ हजार ५७, बारामा ८ हजार ८२४ र पर्सामा ९ हजार ५५ परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् ।

त्यसैगरी,  सप्तरीमा ३६, सिरहामा ४१, धनुषामा ४३, महोत्तरीमा ३०, सर्लाहीमा ३६, रौतहटमा ३१, बारामा ३२ र पर्सामा २५ वटा परीक्षा केन्द्र तोकिएको निर्देशनालयका निर्देशक चुडामणि फुयालले जानकारी दिए । परीक्षालाई मर्यादित  र व्यवस्थित बनाउन ७ हजार १६६ जना कर्मचारी खटाइएको उनले जानकारी दिए ।

परीक्षाको आवश्यक तयारी भइसकेको बताउँदै उनले भने, ‘सबै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, उत्तर पुस्तिका, प्रश्नपत्र गइसकेको छ । परीक्षार्थी सिटको लेबल पनि सबै ठाउँमा लागिसकेको होला । अब शान्तिपूर्ण वातावरणमा परीक्षा हुन्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button