प्रदेशमुख्य खबर

एमालेद्वारा जितपुरसिमराको मेयरमा १० जनाको नाम सिफारिस, नेता मनोज पौडेलको पल्ला भारी

नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुखमा १० जना र उपप्रमुखमा ६ जनाको नाम सिफारिस गरेको छ ।

प्रमुखमा एमाले नेता मनोज पौडेल, सरस्वती चौधरी, एमाले नेताहरु कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिल मैनाली, महादेब चौधरी, प्रहलाद साह, राधेश्याम सिबाकोटी, बिस्वनाथ लामिछानेको नाम सिफारिस गरिएको छ ।

मनोज पौडेल गत स्थानीय चुनावमा पनि मेयरको प्रवल दावेदारको रुपमा रहेका थिए । अन्तिम समयमा एमालेले कृष्ण पौडेललाई उम्मेदवार बनाएको थियो । कृष्ण पौडेल मेयरमा निर्वाचित भए पनि उनको कार्यकाल अपेक्षित सफल नभएको विश्लेषण गरिँदै छ ।

सरस्वती चौधरी सोही कार्यकालमा उपमेयर चुनिएकी थिइन । मेयर पौडेल र उपमेयर चौधरीको स्वार्थको लडाईका कारण नगरमा विकास निर्माणको काम र सेवा प्रवाह सन्तोषजनक हुन सकेको थिएन ।

यतिबेला मनोज पौडेललाई उम्मेदवार बनाएमा एमालेले पुनः जीत निकाल्न सक्ने आँकलन गरिएको छ । विगत लामो समयदेखि एमाले बारामा जुझारु नेताको रुपमा विभिन्न जिम्मेवारी वहन गरेका युवा नेता पौडेल सबै मतादाताको मन जित्न सक्ने नेताको रुपमा चिनिएका छन् ।

त्यसैगरी उपप्रमुखमा नगर अध्यक्ष भोला अधिकारी, जिल्ला सदस्य रेनु रिमाल, अनिता चौधरी, एमाले नेता अशोक लामा, महिला नेत्री कमला घिमिरे, सरिता चौधरीको नाम सिफारिस गरिएको छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button