
धनुषाको बटेश्वर गाउँपालिका–२, भुइँचक्रपुरमा निर्माण भएको २६ वर्षपछि सिँचाइ आयोजना सञ्चालनमा आएको छ ।



यो सिँचाइ आयोजना सञ्चालनमा आएको हो । किसानको खेतबारीमा सहज सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले धनुषाको नकटाझिजस्थित कृषि विकास आयोजनाले २०५३ सालमा सिँचाइ आयोजना निर्माण गरेको थियो ।



कृषि विकास आयोजनाले त्यसबेला सिँचाइ आयोजना सञ्चालन गर्न पक्की कुलो, डिप ट्युबवेल र विद्युत् जडानसमेत गरिसकेको थियो ।



यस आयोजनाबाट यहाँका करिब ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।
कृषि विकास आयोजना नकटाझिजका इन्जिनियर मनोजकुमार चौधरीले अलपत्र अवस्थामा रहेको यो सिँचाइ आयोजना स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याउन सफल भएको बताए ।