स्वास्थ्य/जिवनशैली
टाइफोइडबाट बर्सेनि ४ लाख ५० हजार सङ्क्रमित
नेपालमा बर्सेनि टाइफोइडबाट करिब चार लाख ५० हजार व्यक्तिहरू सङ्क्रमित हुने गर्छन् र कम्तीमा एक हजार मानिसहरू यो रोगका कारण मर्ने गर्छन्।
मृत्यु हुनेमध्ये ६० प्रतिशत बालबालिका रहने हुँदा नेपालमा अहिले बालबालिकाहरूलाई पहिलो पटक टाइफोइड विरुद्धको खोप दिइँदै छ।
बालबालिकाहरूलाई दिइने खोप कार्यक्रम अन्तर्गत नेपाल सरकारले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका लागि यो खोप कार्यक्रम ल्याएको छ।
यसअन्तर्गत देशव्यापी ५० हजारभन्दा बढी खोप केन्द्रबाट वैशाख १८ गतेसम्म खोप दिइनेछ। यो अभियानमा ७५ लाख बालबालिकालाई नि:शुल्क खोप दिने सरकारको योजना रहेको छ।



