खबर फटाफटप्रदेश

स्थानीय चुनाव : एमालेले टुंगो लगायो बहुदरमाईमा नगर प्रमुख र उपप्रमुखको उम्मेदवार

आसन्न स्थानीय निर्वाचनका लागि नेकपा एमालेले बहुदरमाई नगरपालिकाको नगर प्रमुखमा शिव पटेल र उपप्रमुखमा सुश्मा कुशवाहाको नाम सिफारिस गरेको छ ।

एमाले बहुदरमाई नगर कमिटीको शुक्रवारको बैठकले दुई उम्मेदवारको नामा जिल्ला कमिटीमा सिफारिस गरेको नगर कमिटीका सचिव सुरेन्द्र यादवले जानकारी दिए ।

बैठकमा नेकपा एमाले नेता राजकुमार गुप्ता, मधेस प्रदेश कमिटी सदस्य तेजप्रकाश निशाद, पर्साका उपाध्यक्ष फरमान अन्सारी, सचिव मनोज गुप्ता सहसचिव सन्जिव मिश्र, जिल्ला कमिटी सदस्य ध्रुब साह, केदार तिवारी, पुरन प्रसाद कुर्मी, रामबाबू साह, सुनिल कुशवाहालगायतका नेता कार्यकर्ता सहभागी थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button