
मोरङको रतुवामाई नगरपालिका(४ झुर्कियामा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ ।



भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ७६३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।



दुर्घटनामा सोही मोटरसाइकलका चालक रतुवामाई–४ का २२ वर्षीय पंकज यादवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।



उनका अनुसार मोटरसाइकल बाटो छेउको नालामा पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भाएका यादवको राति ९ बजेतिर विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।