
बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।



पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका २१ आधारभार जंगलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका ११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् ।



दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।



सिमराको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि घाइतेहरू सबैजनालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
जीतपुरसिमरा ११ मै बस्ने २२ वर्षीया उषा सेढाइ, २ वर्षीय अभय सेढाइ, ४ वर्षीया अंशु सेढाइ, ४० वर्षीया इच्छादेवी मिजार, ४८ वर्षीय जोगी मिजार, वीरगञ्ज ३२ बस्ने ५३ वर्षीया लालमुनिदेवी, १४ वर्षीया आशा साह, पर्साको बिन्दवासिनी२ बस्ने २२ वर्षीय प्रेम साह, १२ वर्षीय राजु गुप्ता, जीतपुरसिमरा ७ बस्ने २५ वर्षीया निर्मला देवी साह , ९ वर्षीय निखिल कुमार साह, ७ वर्षीय निवेश कुमार साह र एक जना पहिचान नखुलेको व्यक्ति घाइते भएका हुन् ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ आधारभार जंगलमा सवारी दुर्घटना भएको थियो । सिमराबाट हेटौंडा जाँदै गरेको स्कार्पियो आफैं अनियन्त्रित भइ सडकको बायाँतर्फ पल्टिएको थियो ।