खबर फटाफटप्रदेश

वीरगञ्जमा २ दिने बृहत शैक्षिक प्रदर्शनी शुरु

Patanjali Nepal
Sweet Mart Food

वीरगञ्जमा २ दिने बृहत शैक्षिक प्रदर्शनी शुरु भएको छ । मंगलबारदेखि शुरु  भएको प्रदर्शनीको उद्घाटन वीरगन्ज महानगर पालिकाका प्रमुख विजयकुमार सरावगीले गरे।                                                    स्टडी इन इन्डिया एक्सपोले नेपाली विद्यार्थी र अभिभावकहरुलाई मध्यनजर गर्दै देशकै प्रमुख व्यापारिक हब तथा आर्थिक नगरी वीरगञ्जमा शैक्षिक मेलाको आयोजना गरेको हो ।

शैक्षिक मेलामा नयाँ पाठ्यक्रमहरू, योग्यता मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूको बारेमा विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराइने शैक्षिक मेलाका संयोजक कुमार थपलियाले जानकारी दिए ।              शिक्षा आर्जनको प्रक्रियाका लागि र सेवा तथा सुविधा सम्बन्धमा २० वटा प्रमुख विश्व विद्यालय र कलेजहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button