No Image Headlineप्रदेश

वीरगञ्जका समस्या केलाउँदै प्रकाश उपाध्याय, भन्छन्-पर्टीले मलाई टीकट दिए वीरगञ्जलाई नमूना बनाउँछु

Patanjali Nepal
Sweet Mart Food

नेपाली कांग्रेसबाट वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख पद्का दाबेदार प्रकाशकुमार उपाध्याय नगरका वडावडामा पुगेर मतदातासँग अन्तरक्रिया गरिरहेका छन् ।

नेपाली कांग्रेसमा अध्ययशील, विचारशील, क्रियाशील र इमानदार नेताको छवि बनाएका उपाध्याय पार्टीले आफूलाई मेयरको टीकट दिएमा चुनाव जितेर वीरगञ्जलाई नमूना शहरको रुपमा विकास गरेर देखाउने बताउँछन् ।

साढे ३ दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय उनले आज वीरगञ्जको वडा नम्बर २० र २६ का मतदाता र कांग्रेसका नेता कार्यकर्ताहरुसँग चुनावलक्षित अन्तरक्रिया गरेका छन् ।

छलफलका क्रममा कार्यकर्ताले उनीजस्तो स्वच्छ छवि भएको युवा नेतालाई वीरगञ्जको मेयरको टीकट पाउनुपर्ने बताएका छन् ।

उपाध्यायलाई पार्टीले टीकट दिए वीरगञ्ज महानगरमा कांग्रेसको जित सहज हुने र त्यसपश्चात वीरगञ्जको विकासमा कालापलट हुने विश्वास हर्पतगञ्जका स्थानीय शुकदेव महतो बताउँछन् ।

अब स्वच्छ छबी भएको र जनतासँग नजिक रहेको व्यक्तिलाई नै भोट दिएर जिताउने कार्यकर्ताहरुले बताएका छन् । विगतमा पटकपटक पार्टीले अवसर दिएर पनि खासै काम गर्न नसकेकालाई भन्दा नयाँ अनुहारप्रति मतादाताको अपेक्षा रहको कार्यकर्ताले बताएका छन् ।

यस पटकको स्थानीय चुनावमा पार्टीले नयाँ अनुहारलाई अवसर दिनुपर्ने र वीरगञ्जका बासिन्दाले नयाँ नेताm नयाँ दृष्टिकोण र योजनासतिहको परिवर्तन चाहेको कांग्रेस कार्यकर्ताको भनाइ छ ।

वडा नम्बर २६ का वडाअध्यक्ष शम्भु मिश्राले महानगरको विकासका लागि योग्य र सक्षम अनि दुरदर्शी व्यक्तिको खाँचो रहेको बताए । उनले उपाध्यायमा ती सबै खुवी रहेको दाबी पनि गरे ।

आफुले टिकट पाएर निर्वाचित भएमा जनताको आशलाई निराश नबनाउने र महानगरलाई समृद्ध बनाउन र नगरबासीको जीवनस्तर माथि उकास्न कुनै कसर बाँकी नराख्ने उपाध्यायले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button