खबर फटाफटप्रदेश

सांसद रौनियारको प्रयासकम पोखरियामा सडक निर्माण हुँदै

Patanjali Nepal
Sweet Mart Food

पर्सा क्षेत्र नम्बर ३ का संघीय सांसद हरिनारायण रौनियारको पहलमा पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा, वडा नम्बर ५ सतवरिया, वडा नम्बर ६ श्रीसियामा २० करोडको लागतमा सडक निर्माण हुने भएको छ ।

सडक निर्माण गर्नको लागि पटक पटक भौतिक पूर्वाधार मन्त्रालय र सम्बन्धित निकायसँग छलफल र प्रयास गर्दा अन्ततः यो सडक निर्माण हुने भएको सांसद रौनियारले बताए।

सडक विभाग हेटौडाले यो सडकको टेन्डर आहवान गरी निर्माण गर्न लागेको सांसद रौनियारले बताए ।

सडक निर्माण भएपछि यस भेगका जनतालाई सहज हुने उनको विश्वास छ । एक सांसद एक रणनीतिक कार्यक्रमअन्तर्गत यो सडक निर्माण हुने सांसद रौनियारले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button