खबर फटाफटप्रदेश

विकास र समृद्धिको लागि सोच्नुपर्ने बेला आएको छ: नेता उपाध्याय

नेपाली काङ्ग्रेसका नेता प्रकाश उपाध्यायले विकासका लागि राजनीतिक दलभन्दा माथि उठेर ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिएका छन् ।       वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यायले विकास र समृद्धिका लागि सोच्नुपर्ने बेला आएको बताए ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) का आकाङ्क्षी रहेका उपाध्यायले योग्य व्यक्तिलाई मत दिएर जिताउन आग्रह गरे ।                                  कुनै पनि दबाब र प्रभावमा नपरी सक्षम र योग्य व्यक्तिलाई मत दिन अपिल गर्दै उनले आफुसँग वीरगञ्जको विकासका लागि भिजन रहेको दावी गरे ।
बुथ सभापति हरिचन्द्र यादवको सभापतित्वमा आयोजित भेलालाई राधेश्याम चौरसिया, जिल्ला सदस्य जितेन्द्र पुरुष ढकाल, मनोज चौरसिया, अरुण पुरी, रामबिलास यादव, सुरेन्द्र महतो, मुकेश गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button