सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
ग्यास विस्फोट हुँदा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङको मृत्यु भएको हो । उनीहरू क्रमशः १० वर्ष, ६ वर्ष र साढे २ वर्षका छन् ।
आज साँझ बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका हुन् ।