वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मकवानपुर उद्योग वाणिज्य सङ्घसँग व्यापार विस्तार र आपसी समन्वय र सहकार्यको समझदारी कायम गरेको छ ।
आआफ्नो क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्याहरुमा सहकार्य गर्ने, एकीकृत रुपमा उठान गरी सरोकारवाला निकायसमक्ष पु¥याउन संस्थागत रुपमा प्रभावकारी पहल गर्ने सहमति भएको छ ।
वीरगञ्ज उवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ता र मकवानपुर उवासङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा गुप्ताले वीरगञ्जको आर्थिक, सामाजिक महत्व, यसले बोकेको सम्भावनाबारे जानकारी गराए ।
मकवानपुर उवासङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले यस क्षेत्रको उद्योग, व्यापार, व्यवसायको साथै सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटन, ह्याण्डी क्राफ्ट्सको विकास र प्रबद्र्धनको लागि सहकार्यमा जोड दिए ।
कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, कासस सुरेश रुगंटा, प्रमोद चौरसिया, रविन्द्र बरनवाललगायतको उपस्थिति थियो ।