
जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले दूधपोखरी गाउँपालिका-५ का २३ वर्षीय विधान गुरुङलाई पक्राउ गरेको हो ।



प्रहरीले गुरुङको साथबाट १०-१० थान डाइजेपाम, फेनेरागन र नोफिन बरामद भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।





