खबर फटाफटप्रदेश

बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ।

२२ वर्षीया भाई बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिएको होर चैत १२ गते बेलुकी  बुहारीको कोठा भित्र प्रवेश गरी हात र मुख च्यापी जवरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

उजुरी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपीको खोजी गर्दा देउरा बजारमा घुमफिर गरिरहेको अवस्थामा केदारस्युँ गाउँपालिका – १ देउरा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए।

पीडितको १३ गते नै स्वास्थ परीक्षण गरी युवतीलाई हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइएकाे र आरोपीविरुद्ध मुद्धा चलाएको प्रहरीले जनाएकाे छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button