No Image Headlineप्रदेश

सांसद प्रदीप यादवप्रति मेयर सरावगीको कटाक्ष-मलाई नपसमा जित्न नसक्ने भन्नेले आफ्नी स्वास्नीलाई किन जिताउन नसकेको ?

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवप्रति आक्रोश पोखेका छन् ।

सोमबार वीरगञ्जमा भएको एक कार्यक्रममा मन्तव्य व्यक्त गर्नेक्रममा मेयर सरावगीले आफूलाई सांसद यादवले ‘नगर परिसद सदस्यमा पनि नजित्नेलाई वीरगञ्जको मेयरमा जिताएँ’ भन्दै हिडेको भन्दै आपत्ति जनाएका हुन् ।

‘मलाई नपसमा पनि नजित्ने भन्नेले आफ्नी स्वास्नीलाई जिताएको भए हुन्थ्यो नि । किन जिताउन नसकेको ?,’ सरावगीले यादवप्रति कटाक्ष कसे । प्रदीपकी श्रीमति पिंकी यादव गत स्थानीय चुनावमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्जको उपमेयरमा उठेर शान्ती कार्कीसँग पराजित भएकी थिइन् ।

फोरमबाटै उठेर मेयरमा चुनिएका सरावगी अहिले नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । आसन्न स्थानीय चुनावमा एमालेले सरावगीलाई मेयरमा उठाउने पक्कापक्कीजस्तै छ । एमालेमा छिुर्नअघि जसपामा रहेका सरावगी जसपामा राम्रा र सक्षम मानिस रहन नसक्ने बताउँछन् ।

जसपामा समावेशिता नभएको र चाकरी चाप्लुसी गर्नेमात्रै त्यो पार्टीमा रहन सक्ने भएकाले क्षमतावान नेता कार्यकर्ता अटाउन नसक्ने दाबी पनि उनले गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button