खबर फटाफटप्रदेश

पर्साको भाथाधाम धार्मिक पर्यटकीय क्षेत्र घोषणा

Thrill Factory
Rungta Group

पर्सामा रहेको ऐतिहासिक भाथाधामलाई शनिबार धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरिएको छ।

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा पर्ने भाथाधाम दुधेश्वर महादेव मन्दिर क्षेत्रलाई मधेस प्रदेश सरकारले धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरेको छ।

भाथाधाम पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ।सोही स्थानमा आयोजित घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदीले यस क्षेत्रको विकास निर्माणको काम यसै वर्षदेखि सुरु गर्ने बताए।

भाथाधामको विकास गर्ने जिम्मा प्रदेश सरकारको रहेकोले त्यहाँको पूर्वाधार विकासको कार्यलाई चाँडै सुरु गरिने बताए।

कार्यक्रममा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले भाथाधाम पर्यटकीय क्षेत्र विकासको लागि पहिलो चरणमा ५ करोडको प्याकेज दिने घोषणा गरे।

भगवान शिवको कृपाका कारणले भाथाधाम धार्मिक पर्यटकीय स्थल घोषणा गर्न सफल भएको उनले बताए।

अलखदेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह लगायतको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button