No Image Headlineअर्थप्रदेश

बलान नदीमा बन्यो पुल, मन्त्री यादवबाट पुलको उद्घाटन

तराई मधेसको लाईफ लाईन माएिको हुलाकी सडकखण्डको सप्तरी र सिरहा जिल्लालाई जोड्ने बलान नदीमा तयार भउएको पुल एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले उद्घाटन गरेकी छन् ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले विगतमा राज्यको विभेदकारी नीतिका कारण हुलाकी सडक अहिलेसम्म पूरा हुन नसकेको आरोप लगाइन् । वर्तमान सरकार हुलाकी सडक चाँडो पूरा गर्न प्रतिबद्ध रहेको पनि उनले बताइन ।

४७० मीटर लम्बाई १२ स्पान रहेको बलान पुल २४ करोड ६२ लाख ८३ हजार ४ सय मा तयार भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । २०६८ सालमा शर्मा पप्पु जेभीले निर्माणको जिम्मा लिएका थिए ।

विभिन्न कारणले निर्माणमा ढिलाई भए पनि एक दशकमा पुल तयार भएको आयोजनाले बताएको छ । विगतमा भूकम्प, मधेस आन्दोलन, निर्माण सामग्रीको अभाव र अहिलेको कोरोना महामारीजस्ता कारणले पुल निर्माण तोकिएको समयभन्दा ढिला सकिएको आयोजनाको भनाइ छ ।

पुल उद्घाटन कार्यक्रममा सांसद तैजुलाल चौधरी , प्रदेश सभा सदस्य अभिषेक यादव, बलान बिहुलमा गाउँपालिका अध्यक्ष दयानन्द गोईत र बोदे बर्साईनका प्रमुख आतेश कुमार सिंहललगायतको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले गरेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button