झापाको बिर्तामोडस्थित नयाँ बसपार्कस्थित एक होटलमा २२ वर्षीय युवक झुण्डिएको अवस्थामा फेला परेका छन्।
बाग्लुङ घर भएका समीर आचार्य होटलभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
ती युवक अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको पाँचथर अन्नपूर्ण होटल एण्ड लजमा सोमबार साँझदेखि बसेको प्रहरीको भनाइ छ।
साँझसम्म खाना खानलाई नओर्लिएपछि होटलका स्टाफ बोलाउन माथि जाँदा ढोका बन्द भएको अवस्थामा पाइएको प्रहरीको भनाइ छ।
होटल सञ्चालकको भनाइअनुसार ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए।