खबर फटाफटप्रदेश

पर्साको पोखरियामा जसपाको आमसभा

पर्साको पोखरियामा आज सोमबार जनता समाजबादी पार्टी (जसपा) पर्सा नेपालको आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रम हुँदैछ ।

जसपा नेपालका केन्द्रीय अध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख अतिथ्यतामा कार्यक्रम हुने जसपा नेता हरिनारायण रौनियारले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रममा हजारौको जसपामा प्रवेश गर्ने रौनियारले बताए । जसपाप्रति जनताको बिश्वास बढेकोले एकैचोटी यतिको संख्यामा मानिहरु पार्टी प्रबेश गर्न लागेको दाबी जसपाको छ ।

केहि दिन अगाडी जसपा पर्सामा देखिएको बिबाद मिलेकोले अझ जनमानसमा सकरात्मक संकेत गएको जसपा अध्यक्ष रामनरेश यादवको भनाइ छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button