आफूलाई ऊर्जावान राख्न बिहानको यी बानी बदल्नुहोस्

बिहान उठेपछि सबैको आ–आफ्नै बानी हुन्छ । यस्तो अवस्थामा धेरैले आफ्नो स्वास्थ्यलाई लिएर केही न केही गल्ती गर्छन् ।
बिहान उठेपछि तपाईंले केही यस्ता बानीहरू समावेश गर्नुपर्छ जसले तपाईंलाई दिनभर ऊर्जावान राख्नुका साथै सधैं स्वस्थ्य राख्छ । धेरैको बिहान उठ्ने बित्तिकै चिया पिउने बानी हुन्छ भने कतिपयलाई घुम्न जान मन लाग्छ ।
अँध्यारोमा उठ्नुहोस्
सामान्यतया धेरै मानिसहरू बिहान अबेरसम्म सुतिरहन्छन् । कोही बिहान उठ्ने बित्तिकै अँध्यारोमा बस्न रुचाउँछन् । अँध्यारोमा बस्ने बानीले ऊर्जाबाट टाढा राख्ने काम गर्दछ ।
कोठा उज्योलो हुनुपर्छ । बिहान उठ्ने बित्तिकै तपाईंले आफ्नो कोठाको पर्दा हटाउनु पर्छ ताकि घाम वा दिउँसोको उज्यालो देखियोस् । यसले तपाईंलाई तनावबाट मुक्त गराउनेछ र तपाईंको मुडमा पनि परिवर्तन ल्याउनेछ ।
ढिलो सुत्ने बानी
बिहान सबेरै उठ्ने बानी कमै मानिसमा हुन्छ तर धेरैलाई बिहान अबेरसम्म सुत्ने बानी हुन्छ । यो स्वास्थ्यका लागि निकै हानिकारक छ ।
राति समयमै सुतेपछि बिहान सबेरै उठ्ने बानी बसाल्नुस् । ७ देखि ८ घण्टाको निद्रा पूरा गरेपछि सजिलै उठ्न सकिन्छ । यसले तपाईंको दिनचर्या सुधार गर्न धेरै मद्दत गर्दछ ।
व्यायाम
नियमित व्यायाम गर्नाले तपाईं सधैं फिट रहन सक्नुहुन्छ । दिनभर सक्रिय रहन सक्नुहुन्छ । तर धेरै मानिसहरू व्यायाम गर्दैनन् । तिनीहरू बिहान अल्छी महसुस गर्छन् ।
तिनीहरू कसरत वा व्यायाममा सम्झौता गर्छन् र यसबाट टाढा हुन्छन् । जहाँ दिनप्रतिदिन उनीहरूको स्वास्थ्यका लागि हानिकारक हुन थाल्छ ।
दाँत माझ्न बिर्सने
राति खाना खाएपछि दाँतमा एउटा तह जम्मा हुन्छ, त्यसलाई हटाउन बिहानै दाँत सफा गर्नु वा माझ्नु अति आवश्यक हुन्छ ।
यदि तपाईंंले यसो गर्न बिर्सनुभयो भने तपाईंलाई दाँतसँग सम्बन्धित धेरै रोग लाग्न सक्छ । दैनिक दाँत सफा गर्नाले गिजाको दुखाइ, दाँत सफा राख्ने र मुखबाट गन्हाउने जस्ता कुराहरू हटाउन सकिन्छ ।



