खबर फटाफटप्रदेश

बँदेलको आक्रमणबाट ५ जना घाइते

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ५ जना घाइते भएका छन्। बँदेल बेदकोट नगरपालिका विभिन्न बस्तीमा पसेर स्थानीयलाई आक्रमण गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले जानकारी दिए।

उनका अनुसार बँदेल बस्तीमा आएर आक्रमण गरी ५ जनालाई घाइते बनाएको छ। घाइतेमध्ये ४ जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेमा बेदकोट–२ का ६२ वर्षीय शोभी कोली र ६० वर्षीय डम्मर लुहार, वडा न ३ का पदमा कुँवर र वडा न १० का १४ वर्षीय शारदा भट्ट छन्। एक जना भने सामान्य घाइते भएकाले घरमै उपचार गराइरहेको स्थानीयले बताएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button