No Image Headlineप्रदेश

वीरगञ्ज महानगगरको सार्वजनिक सुनुवाई, मेयर सरावगी भन्छन्–२०/२५ वर्षमा नभएको काम साढे ४ वर्षमा गरेँ

वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

Patanjali Nepal
Sweet Mart Food

सार्वजनिक सुनुवाईका क्रममा नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै महानगर प्रमुख विजयकुमार सरावगीले वितेका २०/२५ वर्षमा हुन नसकेको विकास निर्माणको काम आफूले साढे ४ वर्षमा गरेको दाबी गरे ।

आफूले महानगरको नेतृत्व सम्हाल्दा महानगर ऋणमा डुबेको बताउँदै प्रमुख सरावगीले भने, ‘महानगरले सीमित स्रोतका बाबजुद विकास निर्माण र नागरिकलाई सेवा प्रवाहमा उल्लेखनीय काम गरेको छ ।’

विगतको तुलनामा महानगरको आयस्रोतमा सुधार आएको पनि उनले बताए । महानगरले कोरोना महामारी नियन्त्रणमा नमूना काम गरेको पनि सरावगीले बताए । उज्यालो वीरगञ्ज, पूर्ण खोपजस्ता नमूना कार्यक्रम अन्य पालिका लागि पनि अनुकरणीय भएको उनले स्पष्ट पारे ।

‘फोहोर व्यवस्थापनमा निजीक्षेत्रको सहभागिता, अस्पतालजन्य फोहोर व्यवस्थापन, सडक, नाला, बसपार्कजस्ता संरचनाको निर्माण तथा नागरिकलाई सेवा प्रवाहमा व्यापक सुधार आएको छ । यसलाई अझ प्रावकारी बनाउन नगरवासीको रचनात्मक सहकार्यको खाँचो छ,’ उनले भने ।

वीरगञ्ज कारागारलाई स्थानान्तरण गर्ने योजना पनि सरावगीले सुनाए । ‘वीरगञ्जको मध्यभागका रहेको कारागारका कारण विभिन्न समस्या भएको छ । यसलाई मुख्य शहरबाट केही पर सार्ने योजना छ,’ उनले भने ।

नगरक्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै सरावगीले विभिन्न योजना अघि बढाउन समस्या भएको पनि बताए । महानगरले युवा, ज्येष्ठ नागरिक, महिला, बालबालिका, रोजगारी, उद्यम, व्यायार प्रवद्र्धनलगायतका कार्यक्रम ल्याएको पनि उनले बताए ।

समयान्तर मिडिया प्रालिले संयोजन गरेको सार्वजनिक सुनुवाई कार्यक्रम वीरगञ्ज महानगर वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको थियो । अध्यक्ष चौरसियाले आफूले सो वडालाई विकासमा नमूना वडा बनाउने प्रयास गरेको बताए ।

सीमित स्रोत साधन भएर पनि सडक, नाला, सीसीटीभी, विद्युतीकरणलगायतका काम गरेको र वडाबासीका समस्याको समाधानमा आफू सधैं तत्पर रहेको पनि उनले स्पष्ट पारे ।

कार्यक्रममा सहभागी अधिकांशले सो वडामा उल्लेखनीय विकासका काम भएको बताए । उनीहरुले महानगरले विकास निर्माणका योजना र सेवा प्रवाहलाई अझ बढी प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button