खबर फटाफटप्रदेश

बाँकेमा सुरक्षा चुनौति बन्दै साना हतियार

बाँके जिल्लामा चार दिनको अन्तरालमा फरक–फरक ठाउँबाट दुईथान अटोमेटिक पेस्तोलसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार एक महिना अगाडि पेस्तोलसहित डाँका गर्दै हिँडेका दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको थियो भने मङ्सिरदेखि फागुन २० सम्म कोहलपुर क्षेत्रबाट दुई थान र खजुरा र कम्दी क्षेत्रबाट एक–एक थान पेस्तोल प्रहरीले बरामद गरिसकेको छ ।

चार महिनाको अवधिमा ६ वटा साना हतियार बरामद गरिएपछि प्रहरी सोबारेमा गम्भीर बनेको जनाउँदै बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले यी हतियार जिल्लाको सुरक्षामा ठूलो चुनौती बनेको बताए ।

 

उनले निर्वाचन नजिकिँदै गएकाले प्रहरीले सबै प्रकारका सुरक्षा चुनौती समाप्त गर्ने अभियान सुरु  गरिसकेकाले त्यस्ता हतियार अरू पनि हुन सक्ने हुँदा पत्ता लगाउने कार्य जारी रहेको बताए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button