खबर फटाफटदेशप्रदेश

मर्स्याङ्दीमा छात्र डुबेपछि लमजुङमा कर्फ्यू

लमजुङको सुन्दरबजार नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ ।

Patanjali Nepal
SweetMart Nepal

त्यहाँको एक विद्यालयका विद्यार्थीको मस्र्याङ्दीमा पौडिने क्रममा डुबेर मृत्यु भएपछि यो कर्फ्यू लगाइएको हो । कर्फ्यू आज विहान ६ बजेबाट अनिश्चितकालका लागि लगाइएको छ ।

सुन्दरबजार नगरपालिकामा रहेको फ्यूचरस्टार आवासीय विद्यालयमा कक्षा १० मा पढ्ने १८ वर्षका विद्यार्थी सनिज श्रेष्ठको निधनपछि यो कर्फ्यू लगाइएको हो ।

उनको मस्र्याङ्दी नदीमा पौडिने क्रममा निधन भएको हो । जिल्ला प्रशासन कार्यालयले उनको मृत्युपछि उत्पन्न परिस्थिति हेर्दै कर्फ्यू लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।

बिदाको दिन गर्मी छल्न भन्दै स्कुलका होस्टलका कर्मचारीले विद्यार्थीहरुलाई पौडी खेल्न लगेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button