No Image Headlineप्रदेश
ललितपुरको नल्लुमा एकै घरका चारजना मृत फेला
ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुमा एकै परिवारका चारजना मृत फेला परेका छन् ।
उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए । एकजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
दुईजनाको पाटन अस्पतालमा उपचार भइरहेको र घटनाबारे विस्तृत विवरण बुझ्ने काम भइरहेको कोन्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले जानकारी दिइन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ । सबैको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।