
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीमा जग्गा प्लटिङ गर्नेहरुबाट अतिक्रमण हुन लागेको जग्गाको नगर प्रमुख सरावगीले स्थलगत निरीक्षण गर्नुभएको छ ।
भेडियाही टोल भएर बग्ने सिंङ्घा खोला नजिकैको जग्गा प्लटिङ गर्ने प्लटरहरुबाट भइरहेको अतिक्रमण रोक्न स्थानीयले अनुरोध गरेपछि नगरप्रमुख बिजय कुमार सरावगीले महानगरपालिकाका कर्मचारीहरु सहितको टोली लिएर गई स्थलगत अनुगमन गर्नु भएको छ ।


सार्वजनिक जग्गामा भईरहेको अतिक्रमण तत्काल रोक्का गरि सम्बन्धित व्यक्तिलाई माहानगर कार्यालयमा उपस्थित गराउन नगरप्रहरीलाई महानगर प्रमुख सरावगीले निर्देशन दिनुभएको छ ।
महानगरपालिकाले सार्वजनिक तथा ऐलानी प्रति जग्गाहरु खोजी गर्दै संरक्षण गर्दै आईरहेको छ । महानगरपालिकाले संरक्षण गरेको जग्गामा वृक्षरोपण पनि गर्दै आईरहेको महानगर प्रमुख सरावगीले बताउनुभयो ।