स्वास्थ्य/जिवनशैली

१८ प्रतिशतभन्दा बढीमा कानको समस्या

नेपालको कुल जनसङ्ख्याको १८ प्रतिशतभन्दा बढी नागरिकमा कानसम्बन्धी समस्या रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको राष्ट्रिय बेसलाइन सर्भेको नतिजाअनुसार नेपालमा १८.८ प्रतिशत जनसङ्ख्यामा कानको समस्या रहेको पाइएको हो ।

सातवटै प्रदेशका २८ जिल्लामा समुदायस्तर तथा विद्यालयका १७ हजार ५९ जनामा उक्त सर्भे गरिएको थियो ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाअन्तर्गत आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा। प्रकाश बुढाथोकीले दुई चरणमा सम्पन्न भएको सर्भेले यस्तो समस्या रहेको देखाएको जानकारी दिए।

उनका अनुसार सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४.८ प्रतिशतमा कानको समस्या तथा रोग रहेको छ ।

१८ वर्षमुनिका १.२२ प्रतिशत र पुरुषभन्दा महिलामा ०.९४ प्रतिशत समस्या पाइएको हो । डा। बुढाथोकीले बढ्दो चर्को ध्वनि, कानको सङ्क्रमण, उपचारमा ढिलाइ, प्राथमिक उपचारमा पहुँचको कमीका कारण कानसम्बन्धी समस्या बढेको बताए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button