खबर फटाफटप्रदेश

अधिक लागतले सुरुङमार्गको काम रोकियो

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले भीमफेदी–कुलेखानी सुरुङ मार्ग प्रदेश सरकार एक्लैको लगानीमा निर्माण सम्भव नभएको बताएका छन् ।

प्रदेश सरकारको १० वर्षको बजेटले समेत सुरुङ मार्ग सम्भव नभएकाले अहिले प्रक्रिया रोकिएको उनले बताए ।

भीमफेदी–कुलेखानी सुरुङ मार्ग लागतको अनुपातमा लाभ कम हुने भएकाले यो प्रक्रिया रोकिएको उनको भनाइ छ ।

अब हेटौँडा–चोभार सुरुङमार्गको अवधारणा सरकारले अगाडि सारेको उल्लेख गर्दै उनले चार्जिङ सेन्टरको संरचना निर्माणपछि विद्युतीय सवारी सञ्चालन गरिने बताए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button