अर्थप्रदेश

नयाँ पर्यटन गन्तव्यको विकासमा तीन तहका सरकारको भूमिका हुनुपर्छ : महानगर प्रमुख सरावगी

Thrill Factory
Rungta Group

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले पर्यटनको नयाँ गन्तव्यको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकीय विकासमा महानगरपालिकाको निरन्तर साथ र सहयोग रहने बताउनुभयो ।

माहाशिवरात्री र नेपाली सेना दिवसको अवसरमा पर्सा रास्ट्रिय निकुञ्ज आधाभार स्थित नेपाली सेनाले आयोजना गरेको राष्ट्रिय साइक्लिङ्ग प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाको सबैभन्दा नजिकको पर्यटकीय स्थल पर्सा राष्ट्रिय निकुञ्ज लगायत आसपासका पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धन गर्न सके नेपालको प्रमुख प्रवेशद्वार भएको वीरगन्ज महानगरपालिकाले पनि फाईदा लिन सक्ने उहाले बताउनुभयो ।

वीरगन्ज भएर नेपाल आउने भारतीय पर्यटकहरुलाई पर्सा राष्ट्रिय निकुञ्जको बारेमा पर्याप्त जानकारी गराउन वीरगन्जकै होटलहरुमा राख्न सके यसले वीरगन्जको होटल तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले प्राकृतिक मनोरम दृष्य र दुर्लभ वन्यजन्तु पाईने पर्सा राष्ट्रिय निकुञ्ज मधेस प्रदेशको कै एउटा नयाँ पर्यटन गन्तव्यको रुपमा निकुञ्ज रहेकोले स्थानीय तह र प्रदेश सरकारको आपसी समन्वयमा यसलाई पर्यटकीय विकास गर्न सके आर्थिक रुपमा लाभ लिन बताउनुभयो ।

उदघाटन कार्यक्रममा मधेस प्रदेशका प्रदेशसभा सदस्यहरु सुन्दर विश्वकर्मा, सीता गुरुङ लगायतको उपस्थिति रहेको थियो । साईक्लिङ्ग प्रतियोगिताको दूरी ३९ किलोमिटर रहेको आयोजक संस्था नेपाली सेना सिद्धिबक्स गण आधाभारका मेजर कामानसिंह गुरुङले जानकारी दिनुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button