
वीरगञ्जका युवा उद्यमी शिव गोयल नेपाल–भारत वल्र्ड डेभलपमेन्ट फोरम अन्तर्राष्ट्रिय कमिटिको राष्ट्रिय संरक्षकमा प्रस्तावित भएका छन् ।
भारतको नयाँ दिल्लीमा बसेको फोरमको बैठकले गोयललाई सो पदमा प्रस्तावित गरेको हो ।
नेपाल र भारतबीच सांस्कृतिक, सामाजिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्य लिएको फोरमले नेपाल–भारत सहकार्यलाई जोड दिँदै आएको छ ।
उद्यमी गोयल वीरगञ्जलाई आधार बनाएर उद्यम व्यापारमा सक्रिय छन् । गोयल उद्यमका अलावा विगत लामो समयदेखि धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।
वीरगञ्जमा सञ्चालनमा रहेका गौशाला, विभिन्न मठमन्दिरहरूको मर्मत संहार, जिर्णोद्धारलगायतका गतिविधिमा गोयलको सक्रियता देख्न सकिन्छ ।



