No Image Headlineअर्थप्रदेश

काम सिक्ने हुटहुटीले जन्माएको रवीन्द्रको उद्यम यात्रा

Thrill Factory
Rungta Group

झाडुकुचो गरेरै भए पनि काम सिक्ने अठोटका साथ २५ वर्षअघि एउटा उद्योगमा कामदारका रूपमा प्रवेश गरेको किशोर आज उद्यमीका रूपमा स्थापित भएका छन् ।

विसं २०५३ सालमा वीरगञ्जको गोपाल डेरीमा कामदारका रूपमा प्रवेश गरेका रवीन्द्रकुमार सिंहले अहिले आफ्नै डेरी उद्योग चलाइरहेका छन् ।

सहोदर दाइको साझेदारी रहेको गोपाल डेरीमा १८ वर्षको उमेरमा कामदारका रूपमा पसेका वीरगञ्जका रवीन्द्र त्यहाँ डेरी उत्पादनको काम सिक्न तल्लीन भए ।

१ दशकसम्म उत्पादनको अनुभव लिएका उनले सोही उद्योगको काठमाडौं र भक्तपुर शाखा स्थापनामा पनि काम गरे ।

त्यसपछिका ६ वर्ष वीरगञ्जकै वृन्दावन डेरीमा बिताए । उत्पादनमा काम गर्दा उनले आफ्नो क्षमतामा थप निखारमात्र ल्याएनन्, काठमाडौं, पोखरा, विराटनगर र भारतका विभिन्न शहरमा डेरी उद्योगमा परामर्शदाताको काम गर्ने स्तरमा आफूलाई पुर्‍याए ।

करीब १ दशक कलश डेरीमा उत्पादन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका सिंह त्यसको ८ वर्षपछि विराटनगरको शिवम् डेरीमा काम गर्न पुगे । तर, त्यहाँ धेरै समय काम गर्न पाएनन् ।

स्वास्थ्य समस्याका कारण ३ महीनासम्म काममा जान नसकेपछि काम छोडेका सिंहका लागि त्यो समस्या नै ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । यति बेलासम्म आफ्नो दक्षतालाई जागीरमा सीमित गरेका सिंहमा आफ्नै उद्यम चलाउने सोच आयो ।

‘त्यति बेलाको स्वास्थ समस्या नै मेरा लागि उद्यममा लाग्ने टर्निङ प्वाइन्ट बन्न पुग्यो,’ उनी स्मरण गर्छन् । सिंहले नातेदार अभिषेक कुशवाहलाई साथ लिएर २०७६ सालमा गढीमाई डेरीको स्थापना गरे ।

गढीमाईले ‘बी नेचुरल’ ब्रान्डमा आफ्ना उत्पादन उपभोक्तामाझ ल्याएको छ । ‘उपभोक्तालाई उत्पादनको ‘नेचुरल’ स्वाद दिने हाम्रो लक्ष्य छ ।

आइसक्रिमदेखि अन्य अन्य उत्पादनको ‘नेचुरल’ स्वाद दिएर उपभोक्ताको सन्तुष्टिलाई नै उपलब्धि मानेका छौं,’ सिंहको भनाइ छ ।

गढीमाई डेरीले अहिले वीरगञ्ज (पर्सा), बारा, रौतहट, धनुषा, सिन्धुलीलगायत स्थानमा आफ्ना उत्पादन पुर्‍याइसकेको छ ।

ती जिल्लाका ४० भन्दा बढी स्थानमा विक्री कक्ष स्थापना गरिसकेको डेरीले ५० भन्दा बढी स्वादमा आइसक्रिम, फ्लेवर मिल्क, दही, लस्सीलगायत उत्पादन बजारमा पुर्‍याएको सिंहले जानकारी दिए ।

मौसमअनुसारका फलफूलको स्वादका आइसक्रिम र आइसक्रिमकै पकौडाको उत्पादन गर्ने यो डेरीले उपभोक्ताको रुचिलाई ध्यानमा राखेर आफ्ना उत्पादनलाई परिष्कृत गर्दै लैजाने व्यावसायिक रणनीति बनाएको छ ।

आफ्नो ब्रान्ड देशका सबै मुख्य शहरमा पुर्‍याउने योजना डेरीको छ । हेटौंडा, नारायणगढ, पोखरा, काठमाडौंलगायत शहरमा उत्पादन पुर्‍याउने प्रयास भइरहेको र निकट भविष्यमै यो योजना पूरा हुने विश्वास सिंहको छ ।आर्थिक अभियानबाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button