No Image Headlineप्रदेश

देवाही गोनाही नगरपालिकाकानगर प्रमुखसहित ४ जना घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुखसहित चारजनालाई आइतवार घूससहित पक्राउ गरेको छ ।

आयोगको टोलिले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बाहना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घूसमाग गरिरहेको अवस्थामा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलसहित चार जनालाई पक्राउ गरेको हो ।

आयोगले सूचना एवं उजुरी निवेदनका आधारमा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, निजका सहयोगी अशोक प्रसाद पटेल,  योजना शाखाका प्रमुख (खरिदार, चौथो तह) मुकेश पटेल  र सह- लेखापाल प्रदिप कुमार यादवलाई सेवाग्राहीबाट घूस बापत २ लाख ५० हजार रुपैयाँ नगद र २ लाख ५० हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा नगर प्रमुखकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button