खबर फटाफटप्रदेश

ग्रिन सिटीको सक्रियता : मितेरी पुल रजतजयन्ती क्षेत्र सौन्दर्यीकरण चाँडै सम्पन्न गरिने

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आर्दशनगरले नेपाल–भारतको मुख्यद्वार मितेरी पूल, शिंकराचर्य गेटदेखि रजतजयन्ती सम्मको क्षेत्रलाई व्यवस्थापन तथा सौन्दर्यकरण अभियानको कार्य चाडै सम्पन्न गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार वीरगञ्जमा एक कार्यक्रमको आयोजना गरि बिगत ८ महिना अघी सुरुभएको सो अभियानलाई चाडै सम्पन्न गर्न सारोकारवाला निकायको ध्यानाकर्षण गराएको हो ।

छलफलमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले नेपाल–भारतको मुख्यद्वार मितेरी पूलदेखि रजतजयन्ती सम्मको सडकखण्ड अत्यन्तै जिर्ण रहेको कारण दुर्घटनाको जोखिम रहेको बताए ।

उनले जिर्ण सडककै कारण सिमाक्षेत्र कुरुप देखिएको हुँदा भारतीय पर्यटकहरुले नेपाललाई हेर्ने दृष्टिकोण नाकारात्मक हुने भएकोले यसको व्यवस्थापन तथा सौन्दर्यकरणमा सरोकारवालाहरुले ध्यान दिर्नुपर्ने कुरामा जोड दिए ।

यस्तै वीरगञ्ज पथलैया सडक योजनाका निर्देशक मनिस झाले एक महिना भित्र अभियान सुरु हुने र तीन महिना भित्र सडक निर्माण हुने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल–भारत सिमाक्षेत्रका सडकखण्ड जिर्ण र जर्जर भएको कारण यात्रुहरुलाई आवागमनमा सास्ती भोग्नु परेको छ । वीरगञ्ज नाका मुलुकको प्रमुख नाका भएपनि दैनिक जसोको धुलो र प्रदुर्षणले खास गरि पैदलयात्रुहरु बढी प्रभावित भएका छन् । यसैगरी सिमाक्षेत्रका बासिन्दालाई समेत उक्तक्षेत्रमा बसोबास गर्न कठिन हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यलय पर्साको अगुवाई तथा ग्रिनी सिटी सामुदायिक सेवा केन्द्र आर्दशनगरको सक्रियतामा भएको छलफल कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, पर्साका ट्राफीक प्रहरी निरीक्षक सुमन कार्की लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button