
वीरगञ्ज महनगरपालिका वडा नम्बर १९ मा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास गरिएको छ ।
वीरगञ्ज माहानगरपालिकाको नगरस्तरीय बजेटबाट वडा नम्बर–१९ विन्दवासिनी विद्यालयको भवन निर्माणको नगरप्रमुख विजयकुमार सरावगीले शिलान्यास गरे ।


विद्यालय भवन नभएको र भएका भिवन पनि मर्मत सम्भारको अभावमा वर्षौदेखि जीर्ण अवस्थामा रहेकोले विद्यालय निर्माणका लागि स्थानीयको आग्रहमा नगरप्रमुख सरावगीले नगरस्तरीय बजेटबाट विद्यालयको चार कोठे भवन निर्माण गरिन लागेको हो ।
भवन निर्माणको शिलान्यास गर्दै नगर प्रमुख सरावगीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र उद्योग नगरको पहिलो प्राथामिकतामा रहेको बताए ।