
वीरगञ्जमा बी नेचुरल आइसक्रिमको थप आइटलेट सञ्चालनमा आएको छ ।
वीरगञ्जको गडीमाई डेरीले उत्पादन गर्दै आएको बी नेचुरल आईस क्रिमको आउटलेट वीरगञ्जको मुख्य बजार आदर्शनगरमा खुलेको हो ।


आदर्शनगर चोकस्थित रुङ्गटा मार्केटभित्र सञ्चालनमा आएको आइसक्रिम बिक्री कक्षको उद्घाटन नेपाल उद्योग वाणिज्य महासघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले गरे ।
बी नेचुरलको पहिलो आउटलेट बिक्री कक्ष वीरगञ्जकै पानीटंकीमा खुलेको थियो । नेपालका अन्य शहर र मुख्य स्थानहरुमा यस्ता कक्ष विस्ता गर्दै जाने सञ्चालक रविन्द्र सिंहले बताए ।
आइसक्रिमका पारखीलाई विभिन्न स्वादमा आइसक्रिमको नेचुरल स्वाद दिने उद्देश्य राखिएको पनि सिंहले बताए । डेरी उत्पादनको क्षेत्रमा लामो अनुभव भएका सिंह उदीयमान उद्यमी हुन् ।
करीब ३ वर्षअघि उत्पादन थालेको डेरीले अहिले दूध, दही, पनिर, घीउ र आईसक्रिम उत्पादन गरिरहेको उद्योगका सञ्चालक रविन्द्र सिंहले जानकारी दिए ।
सञ्चालक सिँहका अनुसार डेरीले ५० प्रकारको फ्लेवरमा आईसक्रिम उत्पादन गरीरहेको छ । ग्राहकको आग्रहबमोजिम अरु फ्लेवरमा पनि उत्पादन गर्न सकिने सिँहले बताए ।
डेरीले वीरगञ्जका २५ स्थानमा डिलर नियुक्त गरिसकेको छ । प्रदेश २ को राजधानी जनकपुर, सिन्धुली, रौतहटको चन्द्रपुर, सर्लाहीको लालबन्दी र बाराको निजगढमा पनि डिलर विस्तार भइसकेको सिंहले बताए । निकट भविष्यमा अन्य क्षेत्रमा पनि डिलर थप्दै जाने सिँहको योजना छ ।