
गुडिरहेको ट्याक्सी रोकेर आगो लगाउन खोज्ने काभ्रेका मंगल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।



आज बिहान पौने ६ बजे कोटेश्वर चोकमा गुडिरहेको बा २ ज ३०९० नम्बरको ट्क्यासीमा प्रट्रोल खन्याएर आगो लाउन खोज्दा प्रहरीले मोक्तानलाई नियन्त्रणमा लिएको हो ।



मोक्तान नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता हुन् ।


