No Image Headlineप्रदेश

वीरगञ्जमा उदाहरणीय स्वास्थ्य सेवा : घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै महानगरका स्वास्थ्यकर्मी

Patanjali Nepal
Sweet Mart Food

वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने अभियान शुरू गरेको छ ।

नगरका बासिन्दालाई घरमै सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले महानगरले ‘मेयर घरदैलो स्वास्थ्य सेवा’ थालेको हो ।

कोरोना महामारीको समयमा अस्पतालसम्म आउन समस्या खेपिरहेका गर्भवती, सुत्केरी महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरिएको वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले बताए ।

महानगरले पहिलो चरणमा १ देखि १६ नम्बर वडासम्म यो सेवा सञ्चालन गरेको हो । ‘स्वास्थ्यकर्मीले ती वडाका लक्षित सेवाग्राहीलाई घरमै पुगेर सेवा दिइरहेका छन् । यो स्वास्थ्य सेवाबाट नगरका बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ,’ प्रमुख सरावगीले भने ।

महानगरबाट खटिएका स्वास्थ्यकर्मीले बासिन्दाको घरमै पुगेर स्वास्थ्य परीक्षण, निःशुल्क औषधि र परामर्श सेवा प्रदान गरिरहेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ । यसका लागि महानगरले १७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

नगरका बासिन्दा स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनेर घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको सरावगीले बताए । यो सेवा विस्तार गर्दै जाने योजना महानगरको छ ।

घरदैलो स्वास्थ्यअन्तर्गत मधुमेह र उच्च रक्तचापको परीक्षण गरिने महानगरले बताएको छ । घरदैलो स्वास्थ्य परीक्षणका क्रममा प्रायः यस्ता बिरामी भेटिने स्वास्थ्यकर्मीले बताए ।

यी स्वास्थ्य समस्या भएका बिरामीलाई आवश्यक औषधि उपलब्ध गराइएको स्वास्थ्यकर्मी नाहिदा नाजले बताइन् । महानगरले ७० प्रकारका निःशुल्क औषधि वितरण गरेको छ । आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button