
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महानगरपालिका क्षेत्रभित्र निर्माणाधीन विभिन्न भौतिक संरचनाहरुको निरीक्षण गरेका छन् ।
शनिबार महानगरपालिकाको वडा नम्बर १५ लक्ष्मणुवामा निर्माण सम्पन्न भएको मन्दिरको उदघाटन गरेका छन् भने नगरस्तरीय बजेटबाट वडा नम्बर–१५ लक्ष्मणुवामा निर्माण भएको श्मशानघाटको निरीक्षण गरेका छन् ।
श्मशानघाटमा निर्माण गर्न बाँकीं रहेको भौतिक संरचना निर्माणको लागि नगरस्तरीय बजेटबाट रु.१८ लाख विनियोजन भएको स्थानीय जानकारी सरावगीले दिए ।
श्मशानघाटसम्म जाने बाटो निर्माण गर्न स्थानीयवासीको मागबमोजिम १० लाख रुपैंया महानगरबाट दिने प्रतिबद्धतासमेत सरवागीले गरेका छन् ।



