खबर फटाफटप्रदेश

चाउचाउ उद्योगमा आगलागी

झापाको मेचीनगरस्थित चाउचाउ उद्योगमा आगलागी भएको छ । शनिबार बिहान मेचीनगर–१४ स्थित मगमग चाउचाउ उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट उद्योगका कच्चा तथा उत्पादित सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगको ग्याँस प्लान्ट र मुख्य प्लान्टमा भने क्षति पुगेको छैन ।

बिहान लागेको आगो करिब ११ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । झापा, मोरङ, सुनसरीलगायत जिल्लाका विभिन्न स्थानबाट आएका वारुणयन्त्रले आगो नियन्त्रण लिएका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button