No Image Headlineखबर फटाफटप्रदेश

जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु

दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ।

बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए ।

चार पुरुष र एक बालिकाको शव फेला परेको उनले बताए । चार तले भवनमा आगलागी भएको हो ।

राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button