खबर फटाफटप्रदेश

सञ्चारमाध्यमको प्रवद्र्धनमा उदाहरणीय काम गरेकोमा नगरप्रमुख सरावगी सम्मानित

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सम्मानित भएका छन् ।

स्थानीय तहको सरकार प्रमुखको हैसियतमा सञ्चारमाध्यमको विकास र प्रवद्र्धनका लागि महानगरप्रमुख सरावगीले खेलेको भूमिका उदाहरणीय रहेको भन्दै नेपाल टेलिभिजन इटहरी च्यानलले नगर प्रमुख सरावगीलाई सम्मान गरेको हो ।

नेपाल टेलिभिजन इटहरी च्यालनका प्रमुख पुष्पहरी क्याम्पाराईले मंगलबार महानगर प्रमुख सरावगीलाई नगर प्रमुखकै कार्यकक्षमा सम्मानपत्र प्रदान गरेका हुन् ।

महानगर प्रमुख सरावगीलाई सम्मान गर्दै इटहरी च्यानलका प्रमुख राईले देशभरिका स्थानीय तहहरुमध्ये वीरगञ्ज महानगरपालिकाले सञ्चार क्षेत्रको विकासका लागि नमूना काम गरेको बताए ।

सम्मान ग्रहण गर्दै महानगर प्रमुख सरावगीले आफूले निर्वाचन जितेर स्थानीय सरकार प्रमुखको हैसियतमा गर्नुपर्ने काम मध्य सञ्चार माध्यमहरुको विकास र प्रवद्र्धन पनि प्रमुृख प्राथामिकतामा राखेर काम गरेको र स्थानीय सरकारले गरेको विकास र समृद्धिमा सञ्चार माध्यमहरुको पनि महत्वपूर्ण भूमिका रहने बताए ।

उनले आफ्नो कार्यकालमा भएका विकासका कामको सराहना र गल्ती कमजोरी औंंल्याउने काम पनि सञ्चारमाध्यमले नै गर्ने भएकोले त्रुटीहरु सच्याउने मौका दिएर आपूmलाई नगरवासीको हितमा काम गर्न प्रेरित गरेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button