खबर फटाफटप्रदेश

महानगर प्रमुख सरावगीद्वारा स्वास्थ्य चौकी भवन शिलान्यास

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वीरगञ्जका दुई वटा वडामा निर्माण गर्न लागिएको नगर स्वास्थ्य केन्द्रको भवनको शिलान्यास गरेका छन् ।

महानगरपालिकाका जनताको स्वास्थ्य उपचार सेवाको पहुँच सहज बनाउने उद्देश्यले निर्माण गर्न लागेको दुई वटा स्वास्थ्य केन्द्रको मंगलबार एकैदिन शिलान्यास गरिएको हो ।

महानगरपालिकाले पाँच वटा वडाहरुमा स्वास्थ्य केन्द्र निर्माण गर्दै छ । यही क्रममा नगरप्रमुख सरावगीले वीरगञ्ज–१७ अलौं र वडा नम्बर–२६ सुगौली वीर्तामा निर्माण गर्न लागिएको नगर स्वास्थ्य केन्द्रको पक्की भवनको शिलान्यास गरेका हुन् ।

महानगरपालिकाले यसअघि दुईवटा वडामा स्वास्थ्य केन्द्र निर्माण सम्पन्न गरेर सेवा शुरु गरिसकेको नगर प्रमुखका स्वकीय सचिव पिन्टु उपाध्यायले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button